‘एउटै नाउरको सिकार गर्न २३ लाख’

प्रधानमन्त्रीले फेरि सपथ लिनु नपर्ने, अन्तरिम आदेश दिन  सर्वोच्चद्वारा अश्वीकार 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सपथग्रहण बदर गर्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अश्वीकार गरेको छ ।

प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले निवेदकको माग बमोजिम अन्तरम आदेश जारी गर्नु नपर्ने ठहर गरेको हो ।

 एकल इजलासले कारण देखाऊ आदेश जारी गर्दै अग्राधिकारमा राखेर हेर्ने निर्णय गरेको हो।

‘निवेदकको माग बमोजिम आदेश किन जारी हुन नपर्ने हो ? आदेश जारी हुनु नपर्ने कानुन बमोजिमको आधार कारण भए सो समेत साथै राखी यो आदेश प्राप्त भएको मितिले बाटोको म्याद बाहेक १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाफ पेश गर्नु भनि आदेश र रिट निवेदनको प्रतिलिपि साथै राखी विपक्षीहरूको नाममा म्याद सूचना जारी गरी लिखित जवाफ प्राप्त भएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नू ’ देशमा भनिएको छ।

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार  २ : ४७ बजे