दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

श्रम काउन्सेलर र सहचारी छनोटका लागि निवेदन आह्वान

काठमाडौँ । सरकारले चार श्रम गन्तव्य मुलुकका लागि श्रम काउन्सेलर र श्रम सहचारीको छनोटका लागि निवेदन आह्वान गरेको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहीबार एक सूचना प्रकाशित गरी संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरेबिया, कतार र बहराइनका लागि काउन्सेलर र सहचारी छनोटका लागि निवेदन आह्वान गरेको हो ।

मन्त्रालयले युएई र साउदीका लागि एक एक जना श्रम काउन्सेलर तथा कतार र बहराइनका लागि एक एक जना श्रम सहचारीका लागि आह्वान गरेको छ । काउन्सेलर राजपत्राङ्कित द्वितीय श्रेणी र श्रम सहचारी राजपत्राङ्कित तृतीय श्रेणीका कर्मचारी छनोट गर्ने गरिएको छ ।

काउन्सेलर (श्रम)तथा श्रम सहचारी छनोट तथा नियुक्तिसम्बन्धी कार्यविधि तथा मापदण्ड–२०७३ ले तोकेको योग्यता पुगेका कर्मचारीले आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ । 

इच्छुक कर्मचारीले सूचना प्रकाशित भएको ३५ दिनभित्र निवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ७ : १८ बजे