आन्तरिक हवाई उडानमा अत्यधिक चाप

एमाले उद्योग विभागमा  थपिए यी ८ सदस्य  

काठमाडौं । नेकपा एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागमा ८ सदस्य थपिएका छन् ।

नेकपा एमाले सचिवालय बैठकले ८ जना सदस्य टुंगो लगाएको हो । सदस्यहरुमा पाल्देन छेपाङ गुरुङ, किशोर प्रधान, मदन अधिकारी, विजयकुमार लोहिया, डीबी बस्नेत, मदनलाल अग्रवाल, शोभा गुरुङ र लता प्याकुरेल रहनुभएको छ ।

एमाले केन्द्रीय कमिटीको दोस्रो बैठकले नै केन्द्रीय सदस्य मोतीलाल दुगडलाई प्रमुख र केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई उपप्रमुख बनाएको थियो ।

दुगड एमाले सांसद तथा पूर्वमन्त्री हुनुहुन्छ भने झापाका मेडिकल व्यवसायी प्रसाईं पार्टी एकताबाट एमाले केन्द्रीय सदस्य हुनुहुन्छ ।

प्रकाशित मिति : २० माघ २०७८, बिहिबार  ५ : ५९ बजे