जनमतपार्टीका कार्यकर्ताले जलाए प्रधानमन्त्री र कृषिमन्त्रीको पुतला

बुटवल । बुटवलमा जनमत पार्टीका कार्यकर्ताहरुले प्रधानमन्त्री र कृषिमन्त्रीको पुतला जलाएका छन् । सरकारले किसानहरुका मागहरु सम्बोधन गर्न बेवास्ता गरेको भन्दै जनमत पार्टीले रुपन्देहीका  धकधई, बनगाईलगायतका विभिन्न स्थानमा प्रधानमन्त्री र कृषि मन्त्रीको पुतला दहन गरेको हो । 

जनमत पार्टीले किसानको माग सम्बोधन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने, समयमै मल र बिउको उपलब्ध हुनुपर्ने, सिंचाईको व्यवस्था, सिंचाई नभएको ठाउंमा सिंचाईका लागि प्रयोग हुने विद्युत निःशुल्क, किसानलाई राहत,कृषि बालीको समर्थन मूल्य, उखु किसानको बक्यौता भुक्तानी, किसानलाई पेन्सन लगायतका माग सरकारसंग राखेको थियो ।

पार्टीले पुस १२ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई किसानका समस्या,नागरिकता समस्या लगायतका मागहरु समेटिएको ज्ञापनपत्र बुझाएपनि सरकार मागहरु सम्बोधन गर्नुको साटो  उल्टै आन्दोलन दबाउन लागेको जनमत पार्टीको आरोप छ । 
 

प्रकाशित मिति : २० माघ २०७८, बिहिबार  ४ : ३९ बजे