दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

मिसावट कोकिन खाँदा १६ जनाको मृत्यु, कोकिन फाल्न प्रयोगकर्तालाई आह्वान

व्युनोस आयर्स – मिसावट भएको कोकिन खादा अर्जेन्टिनामा कम्तिमा १६ जनाको मृत्यु हुनुका साथै ५० जना बिरामी परेका छन् । 

अबैध लागु औषधमा केही विषय मिसाएको हुन सक्ने अनुसन्धानकर्ताहरुले विश्वास गरेका छन् । क्षेत्रीय सुरक्षामन्त्री पछिल्लो २४ घन्टाभित्र किनेर ल्याएका कोकिन फाल्न प्रयोगकर्तालाई आह्वान गरेका छन् । 

किनिएको लागु औषध एउटै स्थानबाट किनिएको र त्यहाँ विपन्न वर्ग बस्ने गरेको प्राप्त विवरणहरुमा जनाइएको छ । प्रहरीले विषादीयुक्त कोकिन बेचेको आरोपमा नौ जनालाई पक्राउ गरेको छ ।

पीडितले खाएको कोकिन छापमा मार्ने क्रममा नियन्त्रणमा लिइएको लागु औषधलाई जाँच गर्न अनुसन्धानकर्ताहरुले पोस्ट मार्टमको नतिजा कुरिरहेका छन् ।

एजेन्सी

प्रकाशित मिति : २० माघ २०७८, बिहिबार  १२ : १७ बजे