दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

म्यानमारमा भइरहेका सबै प्रकारका हिंसा अन्त्य गर्न राष्ट्रसङ्घको आह्वान

न्युयोर्क ।  राष्ट्रसङ्घको सुरक्षा परिषद्ले म्यानमारमा भइरहेका सबै प्रकारका हिंसा अन्त्य गर्न आह्वान गरेको छ । 

त्यस्तै, जारी सङ्कट समाधान गर्न विशेष दूतलाई त्यहाँ भ्रमणका लागि अनुमति दिने पनि उसले विश्वास गरेको छ । दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको सङ्गठनले क्याम्बोडियाका विदेश मन्त्री प्राक साखोनलाई आफ्नो प्रतिनिधिको रूपमा म्यानमार पठाउन चाहेको छ । 

विदेश मन्त्री साखोनको म्यानमार भ्रमणलाई सुरक्षा परिषद्ले सम्बन्धित पक्षहरूसँग भेट गर्ने चाँडो भन्दा चाँडो अवसरको रूपमा हेरेको छ । 

गत वर्ष सेनाको कु पछि त्यसको विरोधमा भएका प्रदर्शनमा विपक्षीमाथि सरकारले चरम दमन गरेको छ । प्रदर्शनका क्रममा सेनाको कारबाहीमा एक वर्षमा १५ सय जनाको मृत्यु र ११ हजार पक्राउ परेका छन् । 

सरकारले प्रजातन्त्रवादी नेतृ आङ सान सू चीलाई घरमै नजरबन्दमा राखेको छ । एजेन्सी

 

प्रकाशित मिति : २० माघ २०७८, बिहिबार  १० : ५२ बजे