सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

बेसीशहरमा हरेक सोमबार र बिहीबार कोभिड विरुद्धको खोप लगाइने

लमजुङ । बेसीशहर नगरपालिकाले साताको दुई दिन कोभिड–१९ विरुद्धको खोप लगाइने भएको छ ।

१२ वर्ष माथिकाले हरेक सोमबार र बिहीबार जिल्ला अस्पतालमा खोप लगाउन पाउनेछन् । अभियान २४ माघबाट सुरु हुनेछ । 

पहिलो तथा दोस्रो मात्रा र बुस्टर डोज लगाउन छुटेकाहरूले खोप लगाउन सक्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इमनाथ कँडेलले बताउनुभयो ।  पहिलो मात्र खोप लगाउन जाँदा उमेर खुल्ने आधिकारिक प्रमाणपत्र अनिवार्य गरिएको छ । 

दोस्रो मात्र खोप लगाउनेले भने पहिलो खोप कार्ड ल्याउनुपर्छ । बुस्टर डोजका हकमा दुवै मात्र खोप लगाएको खोप कार्ड अनिवार्य गरिएको छ । बुस्टर डोज लिन दोस्रो खोप लगाएको ६ महिना पूरा भएको हुनुपर्नेछ ।

 

प्रकाशित मिति : २० माघ २०७८, बिहिबार  ७ : ४९ बजे