काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनले देशलाई ओरालो र विनाशतर्फ धकेलेको बताउनुभएको छ ।
आज भक्तपुरमा आयोजित पार्टी केन्द्रीय सचिवालयको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान पाँच दलीय गठबन्धनको सरकारलाई देशको माया र चिन्ता नभएकोले अहिले देश ओरालो र विनाशतर्फ धकेलिएको बताउनुभएको हो ।
अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनको सरकारले देशलाई आर्थिक अराजकता, अनियमितता र बेथितितर्फ धकेलेको आरोप समेत लगाउनुभएको छ ।
उहाँले वर्तमान सरकार जनताप्रति अनुत्तरदायी हुनुका साथै शिक्षा, स्वास्थ्य र आर्थिक क्षेत्र समेत डामाडोल बनाएको बताउनुभयो ।
प्रकाशित मिति : १९ माघ २०७८, बुधबार ५ : १६ बजे
प्रतिक्रिया