एमालेको केन्द्रीय सचिवालय बैठक भक्तपुरमा सुरु

​​​​​​​काठमाडौं – नेकपा (एमाले)को केन्द्रीय सचिवालयको बैठक भक्तपुरको गट्ठाघरमा सुरु भएको छ।

भक्तपुरको गट्ठाघरस्थित जर्मन हस्पिटालिटी होम्समा बैठक सुरु भएको नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले बताउनुभएको हो । अहिले बसेको बैठकमा स्थानीय तहको निर्वाचन, भर्खरैमात्र सम्पन्न भएको राष्ट्रियसभा निर्वाचनको समीक्षालगायतका विषयमा छलफल हुने उपमहासचिव ज्ञवालीले बताउनुभयो ।

बैठकको कार्यसूचीमा विभागहरू गठन, प्रदेश, जिल्ला र जनसंगठनका अधिवेशनलगायतका विषयमा समेत छलफल हुनेछ। 

एमालेको केन्द्रीय सचिवालयको बैठकमा केन्द्रीय अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्षहरू ६, उपमहासचिव ३ र सचिव ७ गरी १९ जना रहने व्यवस्था छ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  २ : ०३ बजे