​​अध्यक्ष ओलीद्धारा ​​सोनाम ल्होछारको शुभकामना

​​​​​​​काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तामाङ समुदायको महान पर्व सोनाम ल्होछार (लाङ/म्हे ल्हो) अर्थात् नयाँ वर्षको शुभ अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ ।

अध्यक्ष ओलीले आज एक शुभकामना सन्देश जारीगर्दै तामाङ समुदायको महान पर्व सोनाम ल्होछार (लाङ/म्हे ल्हो) अर्थात् नयाँ वर्षको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका दिदीबहिनी/दाजुभाइहरुमा सुस्वास्थ्य, समृद्धि, एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो ।

शुभकामना सन्देश मार्फत उहाँले नेपालका बहुसांस्कृतिक विशेषताहरु हाम्रो मौलिक पूँजीको रुपमा रहेको बताउनुभएको छ । एकता र सहिष्णुताको यस विशेषतालाई हामीले समृद्ध देश निर्माणमा सदुपयोग गर्नु पर्ने बताउनुभएको छ। विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै नेपालमा विभिन्न भाषा, लिपि, धर्म, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको बताउनुभएको छ  ।

यस्तो छ अध्यक्ष ओलीको शुभकामना सन्देश :

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  १ : ४२ बजे