एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै

काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठक आज  बस्ने भएको छ  ।

भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा आज दिउँसो १ः०० बजे केन्द्रीय सचिवालयको बैठक बस्न लागेको हो । 

सोमबार बसेको पार्टीको केन्द्रीय कार्यालय बैठकले आजको बैठकका लागि छलफल गर्ने एजेन्डा तय गरिसकेको छ । 

आजको बैठकमा स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसङ्गठन सञ्चालन निर्देशिका निर्माण, विभागहरू गठन, प्रदेश, जिल्ला र जनसङ्गठनका अधिवेशनलगायतका विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

एमाले केन्द्रीय सचिवालयमा केन्द्रीय अध्यक्षसहितका पदाधिकारी रहने व्यवस्था छ । एमालेमा हाल अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्षहरू ६, उपमहासचिव ३ र सचिव ७ गरी १९ जनाको सचिवालय छ ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ८ : ३७ बजे