काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । आज मङ्गलवार निगममा बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा वृद्धि गरेको हो ।
मङ्गलवार राती १२ बजेदेखि लागू हुने गरी निगमले जारी गरेको नयाँ मूल्य अनुसार अब पेट्रोलको खुद्रा बिक्री मूल्य प्रति लिटर १ सय ४२ रुपैयाँ, डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रति लिटर १ सय २५ रुपैयाँ कायम गरेको छ। त्यस्तै निगमले आन्तरिक हवाई इन्धनको बिक्री मूल्य प्रति लिटर १ सय १६ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको बिक्री मूल्य प्रति किलो लिटर एक हजार ९५ अमेरिकी डलर कायम गरेको छ ।
निगमले एलपी ग्यासको मूल्य नबढाई हाललाई यथावत् नै राखिएको विज्ञप्तिमा उल्लेख गरेको छ ।
प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार ९ : ०१ बजे
प्रतिक्रिया