‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

एमाले विवाद टुंगो लगाउने कार्यदलको बैठक आज ३ बजे बस्ने

काठमाडौं। एमाले विवाद टुंग्याउन आइतबार गठन गरिएको १० सदस्यीय कार्यदलको बैठक आज बस्ने टुंगो लागेको छ । कार्यदलको बैठक दिउसो ३ बजे सिंहदरबारमा बस्ने कार्यदल ओली समुहका संयोजक सुवास नेम्वाङ्गले बताउनुभयो । कार्यदल बनिसकेपछि को यो पहिलो बैठक हो ।

कार्यदलमा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट पाँच–पाँच जना हुनुहुन्छ । ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल हुनुहुन्छ भने नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, रघुजी पन्त र गोकर्ण विष्ट रहनुभएको छ । वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट भीम रावल संयोजक हुनुहुन्छ ।

कार्यदललाई तीन दिनभित्र प्रतिवेदन पेश गर्न म्याद दिइएको छ।

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार  १२ : ३५ बजे