१३ केजी चाँदी सहित पक्राउ

काठमाडौं – दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट बिल बिनाको करिब १३ केजी चाँदीको जस्तो देखिने सामान सहित बारा सिम्रौनगढ नगरपालिका-८ कचरुवा घर भएका ३८ वर्षीय रामा शंकर साहलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

बाराको कलैयाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ७२०८ नम्बरको टाटा सुमो गाडीमा प्रहरीले जाँच गर्ने क्रममा गाडीमा सवार साहलाई उक्त सामान सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ४ : ४३ बजे