आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

बढ्यो सुनको मूल्य

काठमाडौँ – सुनको भाउ मंगलबार प्रतितोला १०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९१ हजार ९०० रुपैयाँ कायम भएको छ । सोमबार भने छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ भने स्थिर छ  । सोमबार एक हजार २४० रुपैयाँमा  कारोबार भएको चाँदी मंगलबार पनि  त्यही भाउमा  निर्धारण भएको छ । ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ११ : १७ बजे