१४ सांसद बर्खास्त नभएसम्म संसद बैठक अवरुद्ध रहन्छ : महासचिव पोखरेल

काठमाडौं –  नेकपा एमालेले कारबाही गरेका १४ सांसदलाई बर्खास्त नगरेसम्म संसद् बैठक अवरुद्ध गर्ने भएको छ ।

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आफ्नो पार्टीबाट अलग भएका १४ सांसदलाई बर्खास्त नगरेसम्म संसद् बैठक लगातार अवरुद्ध पार्ने चेतावनी दिनुभएको हो । उहाँले जबसम्म एमालेको माग सम्बोधन हुँदैन तबसम्म अन्य एजेन्डामा सहभागी नहुने र भ्रम नछर्न समेत बताउनुभएको छ ।

नेता पोखरेलले सामाजिक सञ्जाल फेसबुक मार्फत – "जबसम्म प्रतिनिधिसभाको अवरोधका विषयमा नेकपा एमालेको मागको सम्बोधन हुँदैन तबसम्म अन्य एजेन्डामा सहभागी हुने कुरा छैन । भ्रम नछरौँ । " भनी टिप्पणी गर्नु भएको छ ।

अहिले विभिन्न समाचार माध्यमबाट सभामुखलाई बर्खास्त गरे एमालेले एमसीसी पास गर्ने सर्त अघि सारेको भन्ने समाचार फैलिएपछि महासचिव पोखरेलको यस्तो अभिव्यक्ति आएको हो। 

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  १० : ५५ बजे