सर्लाही – सर्लाहीकाे लालबन्दीबाट प्रहरीले चाेरीका माेटरसाइकलसहित तीन जनालाई पक्राउ गरेकाे छ ।
लालबन्दी नगरपालिका-५, का सूर्यदीप चाैधरी, रूपेश माझी मुसहर र लालबन्दी नगरपालिका-१५ का साेमबहादुर रेग्मीलाई पक्राउ गरिएकाे जिल्ला प्रहरीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद बुढाथाेकीले जानकारी दिए ।
७ माघमा लालबन्दी नगरपालिका-५, का ज्ञानबहादुर क्षेत्रीकाे माेटरसाइकल घरकाे बरन्डाबाट चाेरी भएकाे थियाे । प्रदेश २-०३-००१ प १०१९ नम्बरकाे माेटरसाइकलसहित तीन जना पक्राउ परेका हुन् ।
-एसवी थापा
प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार १० : ०६ बजे
प्रतिक्रिया