दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

भोजबारे बेलायती प्रधानमन्त्रीले मागे माफी

लन्डन – बेलायतमा कोभिड प्रतिबन्धको समयमा प्रधानमन्त्री निवास १० डाउनिङ स्ट्रिटमा विभिन्न समयमा आयोजना भएका भोजबारे आलोचना भएपछि प्रधानमन्त्री बोरिस जोनसनले माफी मागेका छन् । ‘भोज आयोजना गरिएको विषयमा म माफी माग्न चाहन्छु’, संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री जोनसनले भने, ‘यो महामारी हरेकका लागि कठिन थियो र मानिसहरुलाई विभिन्न त्याग गर्न अनुरोध गरिएको थियो । म उनीहरुको आक्रोश बुझ्छु ।’

तर, विपक्षीहरुले प्रधानमन्त्रीको राजीनामा मागेका छन् । लेबर पार्टीका नेता किर स्टार्मरले प्रधामन्त्रीले राजीनामा दिनुपर्ने पूर्ववत माग पुनः दोहो¥याए । भोज आयोजनाबारे प्रधानमन्त्रीकै पार्टी कन्जरभेटिभ भित्र पनि उनको विरोध हुँदै आएको छ ।

सो विषयबारे छानविन गर्न गठित समितिले भोज रोक्न नेतृत्व विफल भएको बताएको थियो । वरिष्ठ सरकारी कर्मचारी सुसान ग्रेको नेतृत्वमा गठित समितिले कोभिडको समयमा भोज आयोजना गर्न अनुमति दिनुमा ‘नेतृत्व दोषी’ भएको बताएकी छिन् । 

समितिले प्रधानमन्त्री निवासमा भएका १६ ओटा जमघटको अनुसन्धान गरेको थियो । 

एजेन्सी

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ९ : ५७ बजे