एमालेका जिल्ला अध्यक्षहरूद्वारा स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न माग

​​​​​​​काठमाडौँ –   उपत्यकाका तीन जिल्लाका अध्यक्षहरूले आगामी वैशाखभित्र सम्पन्न हुने गरी स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरेको छ ।

आज सोमबार नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीका अध्यक्ष दीपक निरौला, ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्य तथा भक्तपुरका अध्यक्ष बचन देउजा सहभागीतामा भएको बैठकले  २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट जननिर्वाचित जनप्रतिनिधिहरूको कार्यकाल सकिनु अगावै आगामी वैशाखभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्ने कुरालाई आत्मसात् गर्दै यथाशक्य छिटो निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरेको हो ।

तिनै जिल्लाका अध्यक्षहरुको बैठकले सरकारले कुनै पनि बहानामा निर्वाचन सार्ने काम गरे त्यो असंवैधानिक, गैरकानुनी र अराजनीतिक ठहर्ने निष्कर्ष समेत निकालेको छ ।

हेर्नुहोस् विज्ञप्ति:

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ६ : २४ बजे