आन्तरिक हवाई उडानमा अत्यधिक चाप

थप ५ हजार २९२ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

काठमाडौं –  पछिल्लो २४ घण्टामा नेपालमा थप ५ हजार २९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट १६ हजार ८८ जनामा परिक्षण गर्दा ५ हजार २९२ जनामा कोरोना संक्रमण देखिएको हो ।  यस्तै, आज थप ८ हजार १९१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७९ हजार २७२ जना रहेका छन् ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ७४३ पुगेको छ ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ५ : २१ बजे