दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

कोभिड खोपको विरोधमा क्यानडामा दोस्रो दिन पनि प्रदर्शन 

ओटावा । अमेरिकी सीमा पार गर्न कोभिड खोप अनिवार्य बनाइएपछि त्यसको विरोधमा ट्रक ड्राइभरले गरेको प्रदर्शनमा क्यानडा दोस्रो दिन पनि ठप्प छ ।

फ्रिडम कन्भोय नाम दिइएको सो प्रदर्शनमा देशका विभिन्न स्थानबाट आएका ट्रक ड्राइभरले ट्रक तेर्साएर विरोध गर्दा राजधानी ठप्प भएको हो । प्रदर्शनमा हजारौँको सहभागिता छ । 

प्रदर्शनकारीहरूले अभद्र व्यवहार गरेको र ट्रक ड्राइभरहरूको आन्दोलन अराजक बन्दै गएको प्रहरीले जनाएको छ । 

एक अज्ञता सैनिकको चिहानमाथि महिला नाच्दै गरेको भिडियोबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । रक्षा मन्त्री अनिता आनन्दले ती घटना ‘निन्दनीय’ भएको बिबिसीले जनाएको छ । राजधानी सहरमा स्मारक तोडफोड गरेको विषयमा ओटावा प्रहरीले अनुसन्धान गरिरहेको छ । 

ट्रक चालकहरूले संसद् भवन वरपर ट्रक तेर्साएर राखेका छन् । केही प्रदर्शनकारीले रेस्टुरेन्टका कर्मचारीलाई दुर्व्यवहार गरेको जनाएका छन् । कर्मचारीले रेस्टुरेन्टभित्र मास्क लगाउनुपर्ने बताएपछि प्रदर्शनकारीले दुर्व्यवहार गरेको प्राप्त विवरणहरूमा जनाइएको छ । 

ड्राइभरको प्रदर्शन चर्किएपछि शनिवार प्रधानमन्त्री जस्टिन ट्रुडो र उनको परिवार सुरक्षाको कारण दर्साउँदै गोप्य स्थलतर्फ भागेको थियो ।

क्यानडा सीमा पार गर्ने  १ लाख २० हजार ट्रक चालकमध्ये ९० प्रतिशतले खोप लगाइसकेका छन् ।एजेन्सी 

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  १० : ४६ बजे