दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

भारतमा कोभिड सङ्क्रमितको सङ्ख्या निरन्तर घट्दो, मृत्युदर बढ्दो

नयाँ दिल्ली ।  भारतमा कोभिड सङ्क्रमितको सङ्ख्या निरन्तर घटिरहेको छ । सङ्क्रमण घटे पनि मृत्यु हुनेहरूको सङ्ख्या भने बढ्दो छ । 

पछिल्लो २४ घण्टामा दुई लाख जनामा कोभिड सङ्क्रमण देखिएको छ । यो अघिल्लो दिनको तुलनामा करिब ३४ हजारले कमी हो । 

त्यस्तै, पछिल्लो २४ घण्टामा कोभिडजन्य समस्याका कारण ९ सय५९ जनाको मृत्यु भएको छ । यसअघि आइतबार ८ सय ३९ जनाको मृत्यु भएको थियो । 

आजको तथ्याङ्कसँगै भारतमा कोभिड सङ्क्रमितको सङ्ख्या ४ करोड १२ लाख नाघेको छ भने कूल मृत्यु हुनेको सङ्ख्या ४ लाख ९५ हजार पुगेको छ । 

कोभिड सङ्क्रमण बढेसँगै सरकारले खोप अभियानलाई तीव्र पारेको छ । भारतमा ७५ प्रतिशत वयस्कले कोभिडको पूर्ण खोप लगाएका छन् । ठुलो जनसङ्ख्याले पूर्ण खोप लगाएको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकहरूलाई बधाई दिनुभएको छ ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  १० : २७ बजे