आन्तरिक हवाई उडानमा अत्यधिक चाप

अतिविपन्न सुत्केरी आमालाई सहयोग

हुम्ला । जिल्लाका अतिविपन्न सुत्केरीलाई आर्थिक सहयोग गरिइएको छ । जिल्ला अस्पताल हुम्लाका नर्स केसाङ डोल्मा लामाले विभिन्न सामाजिक सस्थाको आर्थिक सहयोगमा जिल्लाका उनीहरुलाई चामल, दाल, नुन, चिनी, र तेल र अण्डा सहयोग गरिएको जानकारी दिनुभयो । 

जिल्ला अस्पतालमा सुत्केरी भएकामध्ये विपन्नलाई  रु तीन हजार ७५० बराबरको आर्थिक सहयोग गरिएको उहाँले बताउनुभयो । मोबाइलमा एप्सको प्रयोग गरेर कोर्डका आधारमा उनीहरुलाई खाद्यान्नदेखि सरसफाइका सामग्री सहयोग गरिँदै आइएको जनाइएको छ । 

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ८ : ४० बजे