काठमाडौं – हराएको भनिएको २४ लाख डोज कोरोनाविरुद्धको खोपको खोजी गर्न सरकारले छानबिन समिति बनाएको छ ।
कोरोना महामारी तिब्ररुपमा बढिरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ लाख मात्रा खोप रेकर्डमा नभएको जनाएको थियो । त्यति ठूलो संख्यामा खोप हराएको भन्दै खोप व्यवस्थापनलाई लिएर सरकारको आलोचना भइरहँदा मन्त्रालयले छानबिनका लागि ५ सदस्यीय समिति बनाएको हो ।
उक्त ५ सदस्यीय समितिले खोप अभिलेख विवरण अध्यावधिक गर्ने जिम्मेवारी पनि पाएको छ । समितिले २ हप्तामा प्रतिवेदन बुझाउने मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राले जानकारी दिइन् ।
प्रकाशित मिति : १६ माघ २०७८, आइतबार ९ : ०२ बजे
प्रतिक्रिया