आन्तरिक हवाई उडानमा अत्यधिक चाप

पाँच दिनदेखि हराइरहेकी वृद्धा मृत फेला

पाँचथर – पाँच दिनदेखि हराइरहेकी पाँचथरको फिदिम नगरपालिका–१ की एक वृद्धा मृत फेला परेकी छन् ।

    फिदिम नगरपालिका–१ चारखम्बेकी ६८ वर्षीया सुशीला तामाङ फिदिम नगरपालिका–२ तालखर्कको ठाडे खोल्सीमा मृत फेला परेकी हुन् । तामाङ माघ ११ गतदेखि हराइरहेकी थिइन् । खोजी गर्ने क्रममा आज दिउँसो १२ः४० मा तामाङको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको र मृतकको शवपरीक्षणका लागि पाँचथर जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिनुभयो । 

रासस

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ६ : ०५ बजे