दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

क्यानडाका प्रधानमन्त्रीले आफ्नो घर छोडे

ओटावा [क्यानाडा] – क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उहाँको परिवारले कोरोनाभाइरस प्रतिबन्धको विरूद्ध ट्रकको विरोधको बीचमा राजधानी शहरमा रहेको आफ्नो घर छोडेको  क्यानाडाली सञ्चार माध्यमले जनाएका छन् ।

ट्रूडो र उहाँको परिवारलाई ओटावाको फरक स्थानमा सारिएको थियो । सीबीसीले शनिबार  जनाएअनुसार ट्रुडो र क्यानाडाली जनस्वास्थ्य उपायहरूको निन्दा गर्ने ब्यानरसहितका ट्रकहरू संसद् भवनको अगाडि वेलिंग्टन स्ट्रीटमा भेला भइरहेका थिए।

यसअघि शनिबार हजारौं ट्रक र सयौं अन्य प्रदर्शनकारीहरू कोभिड-१९ नियन्त्रणका निम्ति जारी उपाय र प्रतिबन्धका विरोधमा ओटावामा भेला भएका थिए । 

सीबीसीका अनुसार आन्दोलन अहिलेसम्म शान्तिपूर्ण रहेको छ।

रासस-एएनआई/स्पुतनिक

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  २ : ३० बजे