साफ यू–१७ च्याम्पियनसिप आजदेखि

सुमन दाहालको नेपाली सर्ट फिल्म ‘शङ्का’ सार्वजनिक 

काठमाडौँ । अमेरिकामा रहेर फिल्म, भिडियो निर्माण तथा निर्देशनमा सक्रिय निर्देशक सुमन दाहालको निर्देशनमा अमेरिकाबाट नेपाली सर्ट फिल्म ‘शङ्का’ सार्वजनिक गरिएको छ ।

यो सर्ट फिल्म सम्राट् क्रियसन युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

फिल्मको छायाङ्कन अमेरिकाको दक्षिणपुर्वी राज्य केन्टकीको लेक्सिनटन सहर र यसका आसपासका क्षेत्रमा गरिएको छ । फिल्ममा चुडामणी अवस्थी, सविता चौलागाई केसी, बिष्णु डुम्रे, भुवन लोहनी, सन्दीप अर्याल लगायतको अभिनय छ ।

चुडामणी अवस्थीको कथा, अक्की शर्माको छायाङ्कन रहेको यो फिल्ममा सन्दीप अर्यालले व्यवस्थापनको काम गर्नुभएको छ । जसमा भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ । रेनिश फागोको कलर र मुकेश साहको मिक्सिङ तथा एलिस कार्कीको पाश्र्व सङ्गीत रहेको फिल्ममा सुदन डोटेल र सरोज प्याकुरेलले सबटाइटल गर्नुभएको छ ।

श्रीमान–श्रीमती बिचमा हुने शङ्काले कस्तो अवस्था निम्ताउँछ भन्ने कुरा फिल्ममा समेटिएको निर्माण पक्षले जनाएको छ ।  ‘मन परेपछि’, ‘नो स्मोकिङ’ जस्ता फिल्म निर्देशन गर्नुभएका सुमन नेपाली चलचित्र निर्देशक समाजका पूर्व उपाध्यक्ष हुनुहुन्छ ।

सुमन दाहालको नेपाली सर्ट फिल्म ‘शङ्का’ सार्वजनिक

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  १० : ४५ बजे