सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

भैरहवा क्याम्पसको सात वर्षको आयव्यय खोज्दै आन्दोलनमा उत्रिए विद्यार्थी सङ्गठन

भैरहवा  । भैरहवा बहुमुखी क्याम्पसले वर्षभरिको शुल्क एकमुष्ट लिने गरी निर्णय गरेपछि विद्यार्थी सङ्घ सङ्गठन आन्दोलित बनेका छन् ।

क्याम्पसको कार्यसमिति बैठकबाट कोभिड महामारीको बेलामा पनि क्याम्पस प्रमुख लगायत विभिन्न पदमा रहेकाको भत्ता बढाइएको, शैक्षिक वर्ष २०७८ मा नयाँ भर्ना हुने विद्यार्थीसँग एकमुष्ट रकम लिने निर्णय गरेको र क्याम्पस प्रमुख लगायत केही व्यक्तिको प्रयोगको निम्ति सवारीसाधन (कार) किन्ने खबर सार्वजनिक भएकाले आन्दोलनमा उत्रिनु परेको अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पस कमिटी अध्यक्ष सागर न्यौपानेले बताउनुभयो ।

संयुक्त विद्यार्थी सङ्गठनले विभिन्न पाँच बुँदे माग राख्दै क्याम्पस प्रमुख अनिलकुमार झालाई  ज्ञापन पत्र बुझाएका छन् । विगत सात वर्षका निर्णय र सात वर्षदेखिको आयव्ययको विवरण उपलब्ध गराउन समेत माग गरिएको छ । 

एलएलबी.सङ्काय क्याम्पसमा ल्याउन पहल गर्नुपर्ने,  क्याम्पसको बाँकी भवन निर्माणका लागि टेन्डर आह्वान गर्नुपर्ने संयुक्त विद्यार्थी सङ्गठनको माग छ ।

आन्दोलनमा नेकपा (एमाले)निकट अनेरास्ववियु, राप्रपा निकट विद्यार्थी सङ्गठन, जनमत पार्टी निकट विद्यार्थी जनमत सङ्घ छन् ।

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  १० : ०४ बजे