दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

कङ्गोमा ५१ जनालाई मृत्युदण्डको सजाय

किन्शासा । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा दर्जनौँ लडाकु सदस्यहरूलाई मृत्युदण्डको सजाय सुनाइएको छ । 

राष्ट्र सङ्घका दुई जना विज्ञहरूको हत्यामा संलग्न रहेको अभियोगमा त्यहाँको सैनिक अदालतले ५१ जनालाई मृत्युदण्डको सजाय सुनाएको हो । 

सन् २०१७ मा स्वीडेनी मूलकी चिलिकी जाइडा क्याटालान र अमेरिकी नागरिक मिसेल सार्पको कङ्गोको कसाई क्षेत्रमा अपहरणपछि हत्या गरिएको थियो । उनीहरू सरकारी फौज र लडाकु समूहबीच भएको युद्धपछि भेटिएका सामूहिक चिहानबारे अनुसन्धानमा खटिएका थिए । 

सो क्रममा उनीहरूका अनुवादक वेट टिशिन्टेला पनि मारिएका थिए । अपहरणको १६ दिनपछि उनीहरूको शव भेटिएको थियो । उनीहरूमध्ये क्याटालनको शिर छेदन गरिएको थियो । 

सो घटनापछि राष्ट्रसङ्घ स्तब्ध बनेको थियो । न्याय सुनिश्चित गर्न राष्ट्रसङ्घले सम्भाव्य सबै कदम चाल्ने राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले बताएका थिए । 

सन् २०१७ मा कसाइमा भएको द्वन्द्वमा सयौँ मानिसको मृत्यु भएको थियो । सन् २०१६ को अगस्टमा सनातन नेता कामविना सापुको हत्यापछि भड्किएको हिंसामा १० लाखभन्दा बढी मानिस विस्थापित भएका थिए ।

दर्जनौँ प्रतिवादीहरूमध्ये अदालतले ५१ जनालाई मृत्युदण्ड सुनाएको हो । तर, कङ्गोले मृत्युदण्ड दिने सजाय यसअघि स्थगित गरेकोले लडाकुलाई सुनाइएको मृत्युदण्डको सजाय पनि जन्म कैदमा रूपान्तरण हुन सक्ने अनुमान गरिएको छ ।

 

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ९ : ४२ बजे