‘तीन वटै निर्वाचन एकै पटक गर्ने भन्नु चुनाव नगराउने चाल हो’

काठमाडौँ । संविधानविद् सुनिल पोखरले स्थानीय सरकारको पदावधिसँगै सम्बन्धित नै नहुने धारा २२५ को कुरा तेर्स्याएर २०५४ साल  पछिको स्थिति सृजना गर्न खोजिएको बताउनुभएको छ ।

प्रेस चौतारी नेपालले शनिवार राजधानीमा आयोजना गरेको स्थानीय तह निर्वाचन संवैधानिक र कानुनी व्यवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले विगतमा २० वर्षसम्म अरू चुनाव भएको  स्थानीय तह जनप्रतिनिधि विहीन भएको अवस्थालाई हेरेर संविधानमै स्थानीय तहको कार्यकाल पाँच वर्ष तोकिएको बताउनुभयो । 

उहाँले संविधान अनुसार स्थानीय निर्वाचनको तयारी चैतको ५ गतेबाट सुरु गर्नुपर्नेमा सत्ता स्वार्थकै कारण अहिलेसम्म निर्वाचनको तयारी नगर्ने र अहिले धारा २२५ ल्याएर तेर्स्याउने काम भएको बताउनुभयो ।

“त्यो भनेको गाउँ सभा र नगर सभाको पदावधिको कुरा हो, जो जनप्रतिनिधि प्रत्यक्ष निर्वाचित भएपछि गठन हुन्छ । अहिले त्यसैको अपव्याख्या गरियो” उहाँले बताउनुभयो । 

स्थानीय निकायका लागि चार वर्ष र पाँचौँ वर्ष चुनावको वर्ष भएको पनि उहाँले उल्लेख गर्नुभयो । 

“स्थानीय तह खाली हुँदैन, यसमा सभामुख र प्रधानमन्त्री जस्तो होइन काम चलाऊ गर्न पाउँदैनन्,” उहाँको भनाई थियो । तीन वटै चुनाव एकै पटक गर्ने भन्नु चुनाव नगराउने चाल भएको पनि उहाँले बताउनुभयो । 

 

 

 

 

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ८ : २५ बजे