थप ४ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु

काठमाडौं –  पछिल्लो २४ घण्टामा नेपालमा थप ४ हजार ९०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट १४ हजार ५६२ जनामा परिक्षण गर्दा ४ हजार ९०४ जनामा कोरोना संक्रमण देखिएको हो ।  यस्तै, आज थप ५ हजार ९२४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ८७ हजार ३२९ जना रहेका छन् ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ७०३ पुगेको छ ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ५ : ०२ बजे