बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

काठमाडौँ ।  प्रधानमन्त्री निवास बालुवाटारमा पाँच दलीय सत्ता गठबन्धनको बैठक जारी छ ।

केही बेरअघि सुरु भएको बैठकमा प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव लगायत नेता सहभागी हुनुहुन्छ। तर राष्ट्रिय जनमोर्चाका प्रतिनिधि भने सहभागी छैनन् । 

निर्वाचन आयोगले वैशाखमै निर्वाचन गर्ने गरी मिति तोक्न पटक पटक राय दिँदा पनि सत्ता गठबन्धनमा सहमति नजुट्दा घोषणा हुन सकेको छैन ।

पछिल्लो पटक संविधानसँग बाझिएका कानुन संशोधनको दाबी गरेको गठबन्धनको बैठक बसेको हो । सत्ता गठबन्धनले स्थानीय तह निर्वाचन ऐन२०७३ संशोधन गरी संविधानअनुसार बनाउने र त्यसैअनुसार स्थानीय, प्रदेश र प्रतिनिधि सभाको चुनाव पटक गर्ने गरी छलफल गर्दै आएका छन् ।

 

 

 

 

 

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  १० : ३५ बजे