विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

आजदेखि पाँच दिनसम्म विद्यार्थीलाई विद्यालयमै कोरोना भाइरस विरुद्धको खोप लगाइने

काठमाडौँ । आजदेखि पाँच दिनसम्म विद्यार्थीलाई विद्यालयमै कोरोना भाइरस विरुद्धको खोप लगाइने भएको छ ।

देशभरका विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन बन्द रहे पनि खोप लगाउने प्रयोजनका लागि खुलेका हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले खोप लगाउन छुटेका १२ देखि १७ वर्ष उमेरका विद्यार्थीलाई १५ माघदेखि २० सम्म विद्यालयमै खोपको व्यवस्था गर्न भनेको थियो । सोही अनुसार स्थानीय तहले सूचना जारी गर्दै खोप लगाउन आह्वान गरेका छन् ।

काठमाडौँ महानगरपालिकाले विद्यालय खोप अभियान सञ्चालन भइरहेकाले खोप लगाउन छुटेका विद्यार्थीको विवरण अद्यावधि गरेर विद्यालय वा नजिकैको खोप केन्द्रमा खोप लगाउन निर्देशन दिएको छ । त्यसका लागि महानगरका वडामा रहेका सामुदायिक सहरी स्वास्थ्य क्लिनिकसँग समन्वय गर्न विद्यालयलाई भनिएको छ  ।

१२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई मोडर्ना खोप दिइँदै आइएको छ ।  

यसअघि,पुस  २७ गतदेखि माघ १५ गतेसम्म सबै विद्यालय बन्दको निर्णय भएकामा लम्ब्याएर माघ मसान्तसम्म कायम गरिएको छ । खोप लगाएको सुनिश्चित गरेपछि परीक्षा सञ्चालन गर्ने सरकारको तयारी छ।  

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  १० : ३० बजे