विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

फुङ्लिङमा बुष्टर डोज दिइने, बालबालिकालाई दोस्रो खोप

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकामा कोभिडशिल्ड खोपको दोस्रो मात्रा लगाएकालाई नियमित खोप केन्द्रमार्फत बुष्टर डोज दिइने भएको छ ।

२०७७ माघ १५ गतेदेखि २०७८ असार मसान्तसम्म कोभिशिल्ड लगाएका ६० वर्षभन्दा माथि उमेर समूहका, दीर्घ रोगी, अग्रपङ्क्तिमा खटिने र सामाजिक कार्यमा अग्रसर हुनेलाई प्राथमिकता दिएर बुष्टर डोज सञ्चालन गर्ने निर्णय जिल्ला खोप अनुगमन तथा व्यवस्थापन समितिले गरेको हो ।

स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर दिनेश रायका अनुसार फुङ्लिङ नगरपालिका–४ वडा कार्यालय र तोक्मेडाँडामा नियमित खोप सञ्चालन भइरहेको छ । तिनै खोप केन्द्रमार्फत बुस्टर डोज दिइने स्वास्थ्य कार्यालय ताप्लेजुङका निमित्त प्रमुख राजकुमार पोखरेलले जानकारी दिनुभयो ।

यसअघि खोपको पहिलो मात्रा लगाएका बालबालिकालाई माघ १६ गतेबाट २१ गतेसम्म दोस्रो मात्रा लगाइने भएको छ ।

स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर दिनेश रायका अनुसार माघ  १६गते देखि १८ सम्म फुङ्लिङ नगरपालिकाभित्र तथा माघ १७, १८, १९ र २० मा  पाथीभरा याङ्वरक,आठराइ त्रिवेणी,मैवाखोला र मेरिङ्देन गाउँपालिकामा खोपको दोस्रो मात्रा लगाइने भएको छ ।

माघ १८, १९ र २० गते सिङ्विा, सिरिजंगा र मिक्वाखोला गाउँपालिकामा मोर्डना खोपको दोस्रो मात्रा लगाउने गरी कार्य तालिका तयार भएको उहाँले जानकारी दिनुभयो । 

 

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ९ : ०५ बजे