काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। बिहान तराईमा हुस्सु लागेको छ ।
दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । राति पहाडी भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
आइतबार दिउँसो प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाकी भू–भागमा आंशिक बदली रहनेछ ।
प्रकाशित मिति : १५ माघ २०७८, शनिबार ७ : ४८ बजे
प्रतिक्रिया