दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

सोमबार ९ हजार १९८ मा कोरोना संक्रमण पुष्टि,  निको भए ५ हजार ७६७ जना

काठमाडौँ । सोमबार थप ९ हजार १९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको २१ हजार ६५३ पीसीआर परीक्षणमा ९ हजार १९८ जनामा कोरोना पुष्टि भएको हो । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ ।
यस्तै २४ घण्टामा ५ हजार ७६७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ३ लाख ४५ हजार ५२३ पुगेको छ ।नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ४८० पुगेको छ । हाल क्वारेन्टाइनमा ७०८ जना छन् । आज २१४ जनाको संक्रमणका कारण ज्यान गएको छ।

विभिन्न मितिमा संकलन गरेको शवको विवरणसहित मृतकको संख्या उल्लेख गरिएको मन्त्रालयले जनाएको छ। यो सहित नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५ हजार २१५ पुगेको छ।

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  ५ : ५१ बजे