महोत्तरी । सशस्त्र प्रहरी बलले महोत्तरीको महोत्तरी गाउँपालिकाबाट १ सय ६० किलोग्राम गाँजा बरामद गरेको छ ।
सशस्त्र प्रहरी छिनमस्ता बाहिनीबाट खटिएको टोलीले रानीरतवाडाबाट गाँजा बरामद गरेको हो ।
सशस्त्र प्रहरी मधेस प्रदेशका बाहिनीपति गणेश ठाडा मगरका अनुसार गणेश चौधरीको घर पछाडि रहेको परालको टौवाबाट १ सय ६० गाँजा फेला परेको हो ।
परालको टौवामा लुकाइराखेको १६ पोकामा १६० केजी गाँजा रहेको प्रहरीले जनाएको छ । बरामद भएको गाँजा थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई जिम्मा लगाउने तयारी भइरहेको ठाडा मगरले जानकारी दिनुभयो ।
प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार १० : १० बजे
प्रतिक्रिया