विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

सेती प्राविधिक शिक्षालयका प्रमुखमाथि छानविन सुरु

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानबिन सुरु भएको छ ।

कुखुरा व्यवसायीसँग रकम माग गरेको अडियो सार्वजनिक भएपछि उहाँमाथि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले छानबिन सुरु गरेको सेती प्राविधिक शिक्षालयका शिक्षक तीर्थराज अवस्थीले जानकारी दिनुभयो ।

शिक्षालय प्रमुख यादवलाई परिषद्ले जिम्मेवारीबाट समेत हटाएको छ । छानबिन सुरु भएकाले उहाँलाई शिक्षालयको प्रमुखबाट हटाएको बताइएको छ ।

यहाँ अध्ययनरत विद्यार्थीलाई कुखुरा पालनबारे सिकाउन शिक्षालयले ५०० चल्ला खरिद गरेको थियो । कुखुराका चल्ला पठाउने व्यवसायीसँग फोनमा कमिसन मागेको अडियो सार्वजनिक भएपछि उहाँमाथि छानबिन सुरु भएको हो ।

शिक्षालयमा उहाँले पेन्टिङ, मसलन्द, भवन निर्माण, पेट्रोलियम पदार्थ, गाडी मर्मत, विद्यार्थी भर्ना, विद्यार्थी परिचयपत्र र पोसाकमा समेत आर्थिक अनियमितता गरेको आरोप लागेको छ । रासस

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ९ : ५४ बजे