काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । 

काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो ३ः०० बजे भर्चुअल माध्यमबाट बस्न लागेको जानकारी दिनुभयो । 

मुख्यसचिव पौडेलले बैठकमा केन्द्रीय कार्यसम्पादन समितिको गठनको कार्यसूची रहेको बताउनुभयो । 

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यलाई सहभागिताका लागि निर्देशानुसार अनुरोध समेत गरिएको छ । भर्चुअल बैठकको लिङ्क एसएमएसमार्फत प्राप्त गर्न सकिने काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ७ : १४ बजे