कर्णाली प्रदेश समन्वय परिषद् बैठकका निर्णय आज सार्वजनिक गरिने

कर्णाली । कर्णाली प्रदेश समन्वय परिषद्को पाँचौँ बैठक सम्पन्न भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णाली प्रदेश सरकारद्वारा बिहीबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित परिषद्को पाँचौँ बैठकको प्रारम्भमा यसअघिका निर्णयको पुनरावलोकन गरिएको थियो । 

तत्पश्चात् विकास आयोजनाको कार्यान्वयनमा प्रदेश सरकार र स्थानीय तहको भूमिका, आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम तर्जुमाका विषयमा छलफल भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता केशवप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।  

यसैगरी कोभिड–१९ को रोकथाम तथा प्रतिकार्यको तयारी, समन्वय र सहकार्य, प्रदेश सरकार र स्थानीय तहबाट सञ्चालन हुँदै आएको विकास आयोजना, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध तथा साझा अधिकारका विषयमा छलफल भएको प्रवक्ता उपाध्यायले बताउनुभयो । 

उहाँका अनुसार परिषद्को सम्पन्न बैठकबाट भएका निर्णय आज सार्वजनिक गरिनेछ ।

बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाही, कर्णालीका १० जिल्लाका समन्वय प्रमुख, ७९ स्थानीय तहका प्रमुख÷उपप्रमुख अध्यक्ष÷उपाध्यक्ष, प्रदेश सरकारका सचिवलगायतको सहभागिता रहेको थियो । 

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ७ : ०९ बजे