साफ यू–१७ च्याम्पियनसिप आजदेखि

नबिकुन अव कलमले कागज जो सिंचित गर्दछन्

ओखती अभाव खोप हुँदा गायव 
जो मुख खोल्दैन 
त्यस्तो नि हुन्छ नागरिक समाज 
जसले चुँ गर्दैन ?

अत्याज्य कुण्ठा राखेर मनमा 
जो बकबक गर्दछन 
त्यस्तो नि हुन्छ बौद्धिक वर्ग 
जो पनपक्क्षी छन् ?

महंगी बढ्यो छोई साध्य छैन 
जो नजर लाउँदैनन् 
त्यस्तालाई के को अँगालो मार्नु 
जो ढाड सेक्दछन् ?

बुझ्दैनन् यहाँ जनताका सन्ताप 
जो देश हाँक्दैछन्
त्यस्तालाई के को संरक्षक भन्नु 
जो मर्मकाटा छन् ?

प्रभुको हुकुम प्रमांगी थाप्न
जो लाईन लाग्दछन्  
त्यस्तालाई के को स्वदेशी भनौं 
जो देश ठुंङ्गदछन् ? 

आफ्नै देश भित्र दुष्मन छिर्दा 
जो आँखा चिम्लिन्छन्
त्यस्ताले के को देशरक्षा गर्छन् 
जो आँफै मुत्दछन् ?

नबिकुन अव कलमले कागज 
जो सिंचित गर्दछन् 
नझुकुन कहिल्यै नेपाली सपुत 
जो धर्ति पुज्दछन् 

जोतेर बाँझो घाम पानी शीतमा 
जो खेती गर्दछन्   
लटरम्म अन्न फलफुल दालहन 
तिनैले स्याहार्छन् 

 

प्रकाशित मिति : १३ माघ २०७८, बिहिबार  ४ : २४ बजे