‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

खोप आपूर्ति चाँडो गरिदिन राष्ट्रसंघलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभ्याक्स सुविधाको खोप चाँडै आपूर्ति गर्न राष्ट्रसंघलाई आग्रह गर्नुभएको छ ।

राष्ट्रसंघको नेपालस्थित आवासीय प्रतिनिधि सारा बेसोलो न्यान्तीसँगको भेटमा प्रधानमन्त्री ओलीले नेपालको अवस्थालाई मध्यनजर गर्दै खोप चाँडो आपूर्ति गर्न आग्रह गर्नुभएको हो  ।

भेटमा राष्ट्रसंघीय दूत न्यान्तीले नेपालको पछिल्लो अवस्था, खोपको उपलब्धता र आवश्यकताबारे प्रधानमन्त्रीसँग बुझ्नुभएको थियो ।  

भेटकाक्रममा न्यान्तीले राष्ट्रसंघले खोप र स्वास्थ्य सामाग्री आपूर्तिका लागि गरेको पहलबारे  प्रधानमन्त्रीलाई ब्रिफिङ गराउनुभएको थियो । 

न्यान्तीले सोमबार छाउनीस्थित कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) कार्यालय पुगेर अक्सिजन लगायतका स्वास्थ्य सामाग्रीको उपलब्धताबारे पदाधिकारीसँग बुझ्नुभएको थियो  ।

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  ४ : २० बजे