दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

प्रचण्ड पुत्री रेणुको  महानगरपालिकामा   संक्रमितको शव जलाउँदा २८ हजार शुल्क 

चितवन । भरतपुर नगरपालिकाले कोरोना संक्रमितहरुको दाहसंस्कार गर्दा चर्को शुल्क लिने गरेको तथ्य बाहिरीएको छ । 
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको गृहजिल्ला चितवनको  भरतपुर महानगरपालिकाको प्रमुख मेयर छिन रेणु दाहाल । जो प्रचण्डकी छोरी हुन् । 

कोरोना महामारीमा संक्रमितलाई सहज उपचार, अस्तापल, आइसोलेसन र निशुल्क दाहसंस्कारको व्यवस्था मिलाउनु जनप्रतिनिधिको दायित्व भएपनि रेणु दाहालको महानगरमा मृत्युको संस्कारमा ब्रम्हलुट भइरहेको पाइएको हो  । 

महानगर अन्तर्गतको देवघाटस्थित दियालो बंगलानजिक नारायणी नदी किनारमा संक्रमितको शव जलाउन ठाउँमा एउटा शव जलाएको २८ हजार रुपैयाँ लिने गरेको पाइएको हो । 

मृत्युपछिको मानवीय पीडा र संवेदना बिर्सिएर महानगर लासबाट समेत असुलीमा लागेको पीडीतहरु बताउँछन्  । 

चर्को शुल्क लिएकोप्रति आपत्ती जनाउनुहुँदै भरतपुर महानगरपालिका–१ रामनगरका केशव रिमाल पैसा नहुने मान्छेले के गर्लान भनि आक्रोश पोख्नुहुन्छ । ‘कोरोनाबाट निधन भएका आफन्तको दाहसंस्कारमा सहभागी हुन घाट पुगेकाहरुबाट  शव जलाउँदा शुल्कबापत २८ हजार रुपैयाँ मागेको देखे, यो त अत्याचार भयो ।’ रिमालले भन्न्ुभयो ।  ‘घाट जान पैसा बोकिएको थिएन । सबैसँग मागेर काम चलाइयो’ उहाँले भन्नुभयो ।  ‘आफन्त वित्नुको पीडा, दाहसंस्कार गर्नुको पीडा त छँदैथियो त्यसमाथि शुल्कको पीडा पनि थपियो ।’ रिमाल र उहाँका आफन्तले भने । 

अस्पतालबाट निस्केको मान्छे घाटमा पुग्दा सबैसँग पैसा नै हुन्छ भन्ने पनि हुँदैन । त्यसमाथि सक्नेले त २८ हजार रुपैयाँ पनि सजिलै तिर्लान्, नहुनेका लागि त यो रकम धेरै हो रिमालले भने  । उहाँले यसलाई घटाउन माग गर्नुभयो  । बढिमा १० हजार भन्दा बढी नलाग्नेमा चर्को असुली भइरहेको उहाँको गुनासो छ । 

देवघाट क्षेत्र विकास समितिका सदस्य नवराज ढकाल समितिले संक्रमितको शव जलाउन ठाउँ मात्रै तोकेको र अन्य भूमिका नभएको बताउँहुन्छ   । 

चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले पनि बढि शुल्क लिइरहेको गुनासो आएको भन्दै कसरी घटाउने भन्नेबारे छलफल गरिरहेको बताउनुभयो ।

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  २ : ५७ बजे