यस्तो छ आजको विनिमय दर

सेयरबजारमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ । सेयर बजार परिसूचक नेप्से आज ३८.४२ अंकले घटेर २७७६.६५ अंकमा बन्द भएको छ । चार दिनदेखी लगातार घटेको  सेयरबजार आज २७७६.६५ को बिन्दुमा झरेको हो ।

बजार परिसूचकसँगै कारोबार रकम पनि सुस्ताउँदै गएको छ । आज बजारमा ४ अर्ब ३१ करोड ३१ लाख ५४ हजारको कारोबार भएको छ । घट्दो बजारमा अपी पावरको सर्वाधिक करिब १७ करोडको कारोबार हुँदा अरूण भ्याली हाइड्रोपावरको साढे १३ करोड र अपर तामाकोशीको १० करोडको कारोबार भएको छ । 

आज नेप्सेमा १९० कम्पनीको सेयर कारोबार भएकोमा १७० कम्पनीको सेयर मूल्यममा गिरावट हुँदा १५ कम्पनीको सेयर मूल्य बढेको छ भने ५ कम्पनीको स्थिर रहयो ।बुधबार कारोबार भएकामध्ये विन नेपाल लघुवित्त र बुद्धभूमि हाइड्रोपावरको सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द हुँदा सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ४.९७ प्रतिशत, सानिमा जनरल इन्स्योरेन्सको ४.०३ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ४ : २१ बजे