मतदान जारी रहेका बेला जनकपुरधाममा प्रहरी र सिके राउतका कार्यकर्ताबीच झडप

जनकपुरधाम । राष्ट्रिय सभा सदस्यको १९ सिटका लागि देशभर मतदान भइरहेको छ । 

बिहान ९ बजेदेखि मतदान सुरु भएको छ । तर, जनकपुरधाममा भने मतदान भइरहेका बेला सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । 

 सम्म ३७२ मतदाता रहेका मधेस प्रदेशको जनकपुरधाममा भएको मतदानमा १०८ जनाले मतदान गरिसकेका छन् । महेन्द्रनारायण निधि भवनमा मतदान भइरहेको छ । 

तर, मतदान स्थलमा  जनमत पार्टीका कार्यकर्ताहरू प्रवेश गर्न खोजेपछि प्रहरीसँग झडप भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले अहिलेसम्म पाँच राउन्ड अश्रुग्याँस प्रहार गरेको छ ।

जनकपुरधामका विभिन्न ठाउँमा जनमत पार्टीका कार्यकर्ताहरूले प्रदर्शन जारी राखेका छन् । जनमत पार्टीका कार्यकर्ताहरूले बिहानैदेखि  ‘पहिले खाद देऊ, अनि भोट खसाऊ’ भन्दै जनकपुरका विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरेका छन् । 

उनीहरूले मधेस विगत एक महिनादेखि आन्दोलित रहे पनि माग पूरा गर्न चासो नदेखाएको र मधेसमा आएर निर्वाचन गरिरहेकाले विरोध गरेको जनाएको छ।

​​​​​​​

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  १० : ४७ बजे