काठमाडौँ । राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा आज सार्वजनिक गरिने भएको छ ।
केन्द्रीय तथ्याङ्क विभागले आज भर्चुअल पत्रकार सम्मेलन गरी गत मङ्सिरमा सम्पन्न जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गर्न लागेको हो ।
जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भदौ ३० गतेदेखि असोज १८ गतेसम्म र दोस्रो चरणको २०७८ कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म भएको थियो ।
परिवार सङ्ख्या, महिला र पुरुषसहित जम्मा जनसङ्ख्या कति र विदेशमा रहेकाको सङ्ख्या आज सार्वजनिक हुन लागेको हो ।
विभागका उपनिर्देशक हेमराज रेग्मीका अनुसार आठदेखि नौ महिनामा विस्तृत नतिजा सार्वजनिक हुनेछ ।
प्रकाशित मिति : १२ माघ २०७८, बुधबार ८ : ११ बजे
प्रतिक्रिया