विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

शिक्षक बढुवाको प्रक्रिया सुरु, आयोगले माग्यो दरखास्त

​​​​​​​काठमाडौँ । शिक्षक बढुवाका लागि प्रक्रिया सुरु भएको छ । 

शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयमा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका प्रथम र द्वितीय श्रेणीमा रिक्त शिक्षकका लागि बढुवाका निम्ति दरखास्त आह्वान गरेको हो । 

आन्तरिक  प्रतियोगितात्मक  परीक्षाबाट २५ प्रतिशत र कार्यसम्पादन  मूल्याङ्कनका आधारमा  ७५ प्रतिशत हुने गरी पदपूर्ति गरिने आयोगले जानकारी दिएको छ । 

उम्मेदवारले बुधवारदेखि दरखास्त पेस गर्न सक्नेछन् । आयोगले प्रावि, निमावि र माध्यमिक तहमा खुला प्रतिस्पर्धाबाट शिक्षक पदपूर्तिका लागि यसअघि नै दरखास्त आह्वान गरिसकेको छ ।

 

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ८ : ०५ बजे