मौसम: सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना 

काठमाडौँ । देशमा पश्चिमी  न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । बिहान सुदूरपश्चिम र गण्डकीमा सामान्य बदली रही बाँकी प्रदेशमा आँशिक बदली छ । 

सुदूरपश्चिमका एक–दुई स्थानमा हल्का वर्षा भएको छ । त्यस्तै , दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। 

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।  देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको आँकलन गरिएको छ ।  

राति पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा हुनेछ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।  

बिहीबार प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली हुनेछ । पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको आँकलन मौसमविद्ले गरेका छन् ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ माघ १२ गते (बुधवार)
​​​​​​​दिउँसो:
देशभर आंशिकदेखि सामान्यतया बदली रहने छ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।  देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।  

राती: देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रहने र बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।  

२०७८ माघ १३ गते (बिहीबार)
दिउँसो:
प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहने छ। 

देशको पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।  देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना छ।   

राती: प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहने छ। 

प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।  देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना छ। 

२०७८ माघ १४ गते  (शुक्रवार)
दिउँसो: 
देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहनेछ । 

देशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ।  

राती: देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहनेछ । 

देशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ।  

 

 

 

 

 

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ७ : ५३ बजे