प्रशासनमा आलोपालो सेवा

तनहुँ – जिल्ला प्रशासन कार्यालयले आजदेखि आलोपालो गरी सेवा प्रवाह गर्न लागेको छ । कोभिडको सङ्क्रमण दिनदिनै  बढ्दै गइरहेको र कार्यालयमा खोपकार्डको व्यवस्था अनिवार्य गर्दा पनि भीड कम नभएपछि आलोपालो गरी सेवा प्रवाह गर्न लागिएको होे । 

    सोमबार बसेको कोभिड व्यवस्थापन समितिको बैठकले गरेको निर्णय बमोजिम कार्यालयबाट प्रदान गरिने सेवा आलोपाले गरी सेवाग्राहीलाई सेवा दिन  व्यवस्था मिलाइएको सहायक प्रजिअ काशीराम गैरेले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार, मङ्गलबार, बिहीबार तीन दिन व्यास, भानु, बन्दीपुर, देवघाट आँबुखैरेनी गाउँपालिका क्षेत्रका सेवाग्राहीलाई सेवा प्रदान गरिनेछ । 

    त्यसैगरी सोमबार, बुधबार र शुक्रबार शुक्लागण्डकी तथा   भिमाद नगरपालिका र म्याग्दे, ऋषिङ तथा घिरिङ गाउँपालिकाको लागि पालो मिलाइएको बताइएको छ । 

रासस 

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  १ : ५० बजे