आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

युक्रेनस्थित अमेरिकी दूतावासका कर्मचारीका परिवारलाई  देश छोड्न निर्देशन

किभ – अमेरिकाले युक्रेनस्थित अमेरिकी दूतावासमा रहेका आफ्ना कर्मचारीका परिवारलाई त्यहाँ छोड्न निर्देशन दिएको छ । अमेरिका —युक्रेनबीच अमेरिकी विदेश मन्त्रालयले त्यस्तो निर्देशन दिएको हो ।

युक्रेनमा रहेका अन्य अमेरिकी नागरिकहरुलाई पनि देश छोड्ने बारे मनस्थिति बनाउनसमेत विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा  आग्रह गरिएको छ । 

रसियाले युक्रेनमाथि सैन्य कारबाहीको तयारी गरेको अमेरिकाले दाबी गर्दै आएको छ । तर, रसियाले भने अमेरिकी दाबी अस्वीकार गर्दै आएको छ । एक सातादेखि रसियासँगको सीमामा एक लाख सुरक्षाकर्मी तैनाथ गरेको छ । 

रसियाले यसअघि पनि युक्रेनी भूभाग कब्जा गरेको थियो । सन् २०१४ मा युक्रेनको महत्वपूर्ण भाग क्रिमिया रसियामा बिलय भएको थियो । सो घटनापछि युक्रेनमा मस्को समर्थित राष्ट्रपति सत्ताच्युत भएका थिए । 

एजेन्सी

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  ७ : १६ बजे